निर्वाचन नहुँदा विकास निर्माणको काम अवरुद्ध–मन्त्री जोशी

चुनाव
  • Get News Alerts

tata

उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएकाले विकास निर्माणको काममा बाधा पुगेको बताएका छन्।

नेपाल प्रेस युनियन पाल्पाले आज रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने , 'सरकराले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ।'

मन्त्री जोशीले 'संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएकाले सरकारले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्छ' भने।

बन्द भएका हेटौंडा कपडा उद्योग र नेपाल औषधी उद्योग कम्पनी लिमिटेड पुनः सञ्चालनका लागि काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै उनले अबको दश वर्षभित्र मुलुकमा ठूला उद्योगहरु स्थापना गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण मिलाउन सरकार लागि परेको बताए।

मन्त्री जोशीले मुलुकको ठूलो युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएकाले अब रोजगारी स्वदेशमै सिर्जना गर्ने गरी औद्योगिक नीति ल्याउन लागेको जानकारी दिए। रासस

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • एमालेले छान्यो ४ उपमहानगरका उम्मेदवार

    एमालेले छान्यो ४ उपमहानगरका उम्मेदवार

    एमालेले नेपालगञ्जमा समसुद्धिन सिद्धिकी र शान्ता ढकाल, तुल्सीपुरमा घनश्याम पाण्डे र माया आचार्य, घोराहीमा नरुलाल चौधरी र सिता न्यौपाने र बुटवलमा शिवराज सुवेदी र गोमा आचार्यलाई क्रमशः मेयर र उपमेयरका उम्मेदवार बनाएको छ।

  • ‘लाहुरे हुन खैरैले पत्याएन, पोखरेलीले मत दिएर मेयर बनाए’

    ‘लाहुरे हुन खैरैले पत्याएन, पोखरेलीले मत दिएर मेयर बनाए’

    ‘म अहिले पनि पोखरामा भाडामा बन्दै आएको छु। मेरो घर पहिले पनि कालिकामा थियो, अहिले पनि छ र पोखरामा घर बनाउन सक्छु जस्तो लाग्दैन। पोखरा लेखनाथ महानगरपालिका भएपछि कालिका गाविसमा भएको मेरो घर महानगरमा पर्‍यो र पार्टीले टिकट दियो मेयरमा उठेँ,’ उनले भने।

     

  • यादव र गच्छदारबीच चुनावमा तालमेल गर्ने तयारी, पार्टी एकताको योजना

    यादव र गच्छदारबीच चुनावमा तालमेल गर्ने तयारी, पार्टी एकताको योजना

    नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेर जाने अन्तिम तयारी गरेका छन्।उपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष यादवबीच निर्वाचनमा तालमेल गर्नेबारे पटक–पटक छलफल समेत भइसकेको छ।

  • मेडिकल कलेज स्थापना गर्छुः हेटौँडाका नगरप्रमुख महत

    हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हरिबहादुर महतले उपमहानगरपालिकाका दुर्गम क्षेत्रमा समेत नगरकै आभास गराउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। आज यहाँ आयोजित शपथग्र्रहणपछि पदभार सम्हाल्दै उनले उपमहानगरपालिकाभित्र आफ्नै कार्यकालमा मेडिकल कलेजको स्थापनाका लागि योजनासमेत अगाडि बढाउने उद्घोष गरे।

  • राप्रपाः केन्द्रीय सदस्यलाई चुनावी जिल्लामा खटाइने

    राप्रपाः केन्द्रीय सदस्यलाई चुनावी जिल्लामा खटाइने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको दोस्रो निर्वाचनलाई दृष्टिगत गरी यही जेठ १५ गतेभित्र चुनाव हुन बाँकी विभिन्न ४१ जिल्लामा सम्बन्धित केन्द्रीय सदस्यलाई खटाउन निर्देशन गरेको छ । दोस्रो चरणको निर्वाचनमा पार्टीलाई सफलता दिलाउने उद्देश्यले ती केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्य रुपले आआफ्नो जिल्लामा रहेर चुनावी सभा, प्रचार प्रसारमा क्रियाशील रहन पार्टीले निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए।