आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यकः प्रधानमन्त्री दाहाल

  • Get News Alerts

united
tata

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ६६ औँ वार्षिक साधारणसभा तथा चेम्बर दिवस उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले त्रिदेशीय व्यापारिक साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताए।

“रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा सरकार लागेको छ, वित्तीय क्षेत्रलाई सुदृढ बनाउन हालै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भयो, नयाँ खुल्ने उद्योगलाई विद्युत् आपूर्ति गर्न सरकारले सहयोग गर्छ”– उनले भने।
राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमनमा आफू लागेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले छिटो काम गर्ने आयोजनाका कर्मचारीलाई पुरस्कृत गरिने घोषणा गरे। आर्थिक क्षेत्रसँग सम्बन्धित निर्णय गर्दा निजी क्षेत्रको राय लिइने प्रतिबद्धता उनले जनाए।

हवाई, रेल र सडक यातायात सम्पर्कबाट त्रिदेशीय व्यापारिक साझेदारिता बढाउने उद्देश्यअनुरुप उत्तर–दक्षिण मार्ग निर्माणमा जोड दिइएको उनले बताए। “मधेस, पहाड र हिमाल मिलाएर संविधान कार्यान्वयन गर्न सरकार लागेको छ, राष्ट्रिय समझदारी र स्थिरता नै सही राष्ट्रवाद हो, यही जनताको पनि चाहना हो” – प्रधानमन्त्री दाहालले भने।

सामाजिक न्यायसहितको आर्थिक विकास अहिले जनताको चाहना भएको उनले बताए। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विद्युत् उत्पादन बढाएर पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने सुझाव दिए।

“अहिले आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम छ, वार्षिक रु एक खर्बभन्दा बढी पेट्रोलियम पदार्थको आयातमा खर्चिनुपरेको छ, यसबाट मुक्त गर्ने आर्थिक नीति निर्माण गरिनुपर्छ”–उनले भने।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले निरन्तर विद्युत् आपूर्ति गर्न सरकारले अग्रसरता देखाएजस्तै आर्थिक वृद्धिमा पनि अभियान चलाउनुपर्ने बताए।

सो अवसरमा विद्युत् कटौती न्यून गर्न योगदान दिएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो । साथै चेम्बर लाइफटाइम अचिभमेन्ट अवार्ड लक्ष्मीदास मानन्धरलाई प्रदान गरिएको थियो । रासस

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • संशोधन नभए चुनाव हुन्न

    संशोधन नभए चुनाव हुन्न

    नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने दाबी गरेका छन्। पार्टीले सुरू गरेको हिमाल, पहाड, मधेश, तराई थरुहट राष्ट्रिय एकता अभियान अन्तर्गत शुक्रबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले चुनाव चाहेको तर सबै क्षेत्रको हक अधिकारको ग्यारेण्टी नहुँदासम्म चुनाव गर्नुको कुनै अर्थ नरहेको दाबी गरे।

  • राष्ट्रपति भण्डारीसँग चिनियाँ रक्षामन्त्रीको भेट

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। सो अवसरमा उनीहरुबीच दुई देशबीचका सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

  • सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

    सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

    व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।

  • मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन- डा कोइराला

    मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन- डा कोइराला

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन्। गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज यहाँ आयोजना गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए। 

  • निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह

    विभिन्न राजनीतिक दलका नेताले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरुले स्थानीय तहको निर्वाचनको मिति सार्नेभन्दा पनि निर्वाचनपछि संविधान संशोधन गर्न सकिने भएकाले उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रह गरे।

लोकप्रिय

vianet

सूचनापाटी