अमेरिकी प्रजातन्त्रका तीन चुनौति

चुनाव
  • Get News Alerts

tata

 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अबको दश दिनपछि 'ह्वाइटहाउस' छोड्दैछन्। उनको स्थानमा डोनाल्ड ट्रम्प आउँदैछन्।

उनी ८ वर्षअघि, सन् २००८ मा पहिलो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए। पछि सन् २०१२मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। अमेरीकामा दुई कार्यकालभन्दा धेरै राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्था छ।

राष्ट्रपति निर्वाचनको समयमा ओबामाले सबैभन्दा बढी आलोचना गरेका पात्र हुन् ट्रम्प। तै पनि ट्रम्पलाई  सहज रूपमा सत्ता हस्तान्तरण गर्ने उनले बताएका छन्।

मंगलबार राती अमेरिकाको सिकागो सहरमा आयोजित एक कार्यक्रममा बिदाइ मनतव्य राखेका ओबामाले अमेरिकी प्रजातन्त्र चुनौतिहरूबारे चर्चा गरे। अमेरिकालाई कुनै मुलुक नभएर आन्तरिक समस्याहरूले नै चुनौति दिएको उनले आफ्नो मनतव्यमा बताएका छन्। मुख्य रूपमा निम्न र मध्यमवर्गको आर्थिक अवस्था, रंगभेद र अमेरिकी नागरिकको सामाजिक व्यवहार अमेरिकी प्रजातन्त्रको मुख्य चुनौति भएको उनले बताए।

उनले सिकागोमा दिएको बिदाइ मन्तव्यको अनुदित सारसंक्षेप:   

बितेका केही सातामा शुभचिन्तकहरूबाट प्राप्त सदिच्छाबाट मेरा मित्रहरू, मिसेल र म प्रभावित छौं। हामी यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छौं।

साधारण जनता आबद्ध भएपछि र उनीहरूले एकजुट भएर माग गरेपछि मात्रै परिवर्तन सम्भव हुन्छ भन्ने मैले सिकागोबाटै सिकेको हुँ। राष्ट्रपतिका रूपमा ८ वर्ष बिताएपछि पनि मेरो धारणा यही नै छ। यो मेरो मात्र विश्वास होइन, यो त हाम्रो अमेरिकी दृष्टिकोणको मुटु हो, स्व-शासनको हाम्रो 'बोल्ड' अनुभव हो। 

हामी सबैलाई सृष्टिकर्ताले समान बनाएका छन् भन्ने हाम्रो विश्वास छ। उनले हामी सबैलाई केही अहस्तान्तरणीय अधिकारहरू दिएका छन्। जीवन, स्वतन्त्रता र खुसीको प्राप्ति पनि त्यस्तै अधिकार हुन्। प्रजातन्त्रको प्रयोगमार्फत नै यी अधिकार प्रयोग गर्दै हामी अझ एकताबद्ध हुनसक्छौं। यसले नै देशभक्तहरूलाई उत्पीडनको बद्ला प्रजातन्त्र छान्न प्रेरित गरिरहेको छ। दासताबाट स्वतन्त्रता तर्फको रेलमार्गमा डोहोर्‍याइरहेको छ। 

यसैले आप्रवासीहरूलाई समुद्रपारि र रियो ग्रान्ड नदी पारिबाट अमेरिकातिर ल्याइरहेको छ। यसैले महिलाहरूलाई चुनावी ब्यालेटसम्म पुर्‍यायो। यसैले मजदुरहरूलाई संगठित बनायो।

हो, हाम्रो प्रगति असमान छ। प्रजातन्त्रको बाटो सदैव कठिन छ। यो विवादास्पद हुन्छ। कहिलेकाहीँ त यो रक्तपातपूर्ण पनि हुन्छ। प्रत्येक दुई पाइला अगाडि बढ्दा एक पाइला पछाडि फर्केजस्तो हुने गर्छ। तर, अमेरिका जहिल्यै अगाडि बढेको छ। 

अबको दस दिनमा हामी प्रजातन्त्रको नयाँ खुड्किलोमा प्रवेश गर्दैछौं। एक स्वतन्त्र रूपमा निर्वाचित राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने छ। म राष्ट्रपति-निर्वाचित ट्रम्पसमक्ष सम्भव भएसम्मको सहज शक्ति हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउँछु, ठीक त्यसैगरी जसरी बुसले मलाई गरेका थिए। 

हाम्रो सरकारले बाँकी धेरै चुनौती सामना गर्न हाम्रो साथ दिने छ भन्ने विश्वास हामीले नै दिलाउने हो। यो चुनौति पूरा गर्न हामीसँग सबैथोक छ। यो सबैका साथ हामी पृथ्वीको सबैभन्दा समृद्ध, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्रका रूपमा रहिरहनेछौं। 

हाम्रा युवा, हाम्रा अभियान, हाम्रो विविधता र खुलापन, जोखिम मोल्नसक्ने हाम्रो असीमित क्षमताले भविष्य हाम्रै हो भन्ने अर्थ दिइरहेका छन्। तर यो सम्भावना प्रजातन्त्र रहेमा मात्रै सार्थक हुनेछ। हाम्रा जनताको चाहनालाई राजनीतिले अझ राम्रोसँग प्रतिविम्बित गर्‍यो भने मात्रै सार्थक हुनेछ। राजनीतिक दलसँगको आबद्धता अथवा कुनै आफ्नै 'इन्ट्रेस्ट' छोडेर हामी सबैले साझा उद्धेश्य अहिले नै बुझ्न सक्यौं भने मात्रै। 

आजको रात, मैले जोड दिन चाहेको कुरा हाम्रो प्रजातन्त्रको अहिलेको अवस्था नै हो। प्रजातन्त्रका लागि एकरूपता आवश्यक छैन। हाम्रा संस्थापकहरूले तर्क-वितर्क गरे, झगडा गरे र अन्तत: सम्झौता गरे। उनीहरूले हामीबाट पनि यही अपेक्षा गरेका थिए। तर, उनीहरूलाई थाहा थियो, प्रजातन्त्रका लागि एकताको आधारभूत चेतना भने आवश्यक छ। हाम्रा सबै विविधताका बाबजुद हामी एकै हौं, हामी एकैजस्तो गरी उदाउँछौं वा अस्ताउँछौं। 

हामीले जति पनि प्रगति गरेका छौं, त्यो पर्याप्त छैन। तल्लो तहका जनतालाई मध्यमवर्गमा उक्लिने भर्‍याङ बनाइदिँदै मध्यमवर्गको समृद्धि नखोजेसम्म हाम्रो अर्थतन्त्रले काम गर्दैन। यो अमेरिकी प्रजातन्त्रको पहिलो चुनौती हो। यो अर्थशास्त्रीय तर्क हो। तर, ठूलो असमानता हाम्रो प्रजातन्त्रका लागि पनि खतरा हो। अहिले पनि माथिल्लो तहमा रहेको एक प्रतिशतले सम्पत्ति र आयको आधाभन्दा धेरै हिस्सा ओगटेको छ। सहरको भित्री भाग र गाउँका धेरै परिवार पछाडि छोडिएका छन्। उनीहरू कारखानाबाट निकालिए, वेटरेस  र स्वास्थ्य कर्मचारीहरू संघर्ष गरिरहेका छन्। उनीहरूलाई थाहा छ, खेल उनीहरुकै विरुद्ध छ। उनीहरूको सरकार शक्तिशालीहरूको मात्रै सेवामा तत्पर छ। यसले हाम्रो राजनीतिमा अझ आवेग र ध्रुवीकरण निम्त्याउँछ। 

अहिले नै यो दीर्घकालीन प्रवृत्तिको कुनै तत्कालीन समाधान छैन। म सहमत छु, हाम्रो प्रवृत्ति न्यायपूर्ण हुनुपर्छ, स्वतन्त्र मात्रै होइन। तर अर्थतन्त्र विस्थापनको अर्को तरङ्ग समुद्रपारीबाट आउने छैन। स्वचालनको निर्दयी धक्काले मध्यमवर्गको रोजगारी धराशासयी बनेपछि आउँछ। 

त्यसैले, हामी हाम्रा नानीबाबुहरूलाई आवश्यक शिक्षाको ग्यारेन्टी गर्न हामी नयाँ समाज बनाउँदै छौं। 

श्रमिकहरूलाई शक्ति दिनका लागि, अझ राम्रो ज्यालाको लागि एकताबद्ध गर्न र सामाजिक सुरक्षालाई राम्रो बनाउन।

दोस्रो चुनौती रंगभेदसँग सम्बन्धित छ।

म निर्वाचित भएपछि 'उत्तर-रंगभेदी' अमेरिकाबारे कुराकानी भएको थियो। तर, यो वास्तविक थिएन। रंगभेद प्रबल रूपमा रहिरह्यो। अझै पनि हाम्रो समाजको विभाजनकारी  शक्तिका रूपमा बाँकी छ। 

अहिले मलाई थाहा छ, रंगभेदको अवस्था आजभन्दा १०, २० वा ३० वर्षभन्दा पहिलेको जस्तो छैन। 

यो तथ्यांकमा मात्रै देखिने कुरा होइन। तपाईंले युवा अमेरिकीहरूको व्यवहारमा देख्न सक्नुहुन्छ। तर, हामी जहाँ हुनुपर्थ्यो त्यहाँ छैनौं। र, हामी सबैले अझ काम गर्नु आवश्यक छ।

हामी रंगभेदको बारेमा गम्भीर छौं भने विभेद विरोधी कानुनको समर्थन गर्नुपर्छ- भाडाका घरमा, हाउजिङमा, शिक्षामा, अपराधीलाई सजाय दिने पद्धतिमा। हाम्रो संविधान र आदर्श यही हो।

तर, कानुन मात्रै पर्याप्त हुँदैन। हाम्रो हृदय परिवर्तन हुनु जरूरी छ। यो रातारात फेरिँदैन। सामाजिक व्यवहार परिवर्तन हुन पुस्तौं लाग्छ। तर हामीले प्रयत्न जारी राख्नुपर्छ, एउटा उपन्यासको पात्र एटीकस फिन्चले भनेजस्तै, 'तिमीले उसको दृष्टिकोणबाट नहेरेसम्म अर्को मान्छेलाई बुझ्न सक्दैनौ, जबसम्म तिमी उसको छालाको रंग ग्रहण गर्दैनौ र यसको वरपर हिड्दैनौ।'

यो देशका सबै नागरिकले देशलाई मैले जति नै प्रेम गर्छन् भन्ने सोचबाट सुरुवात गर्नु जरूरी छ। उनीहरू हामीले जत्तिकै परिवार र कामलाई महत्व दिन्छन्। उनीहरूका छोराछोरा आफ्ना छोराछोरीजस्तै जिज्ञासु, आशावादी र प्रेम गर्न लायक छन्। 

र, यो सबै गर्न सजिलो छैन। छिमेकमा, कलेजमा वा प्रार्थनालयमा, अझ खास गरेर सामाजिक सञ्जालमा हामी सानो घेरामा हराउँछौं, जहाँ हामीजस्तै देखिने मान्छेहरूबाट घेरिएका हुन्छौं। त्यहाँ हाम्रैजस्ता राजनीति विचार सेयर गर्छौं तर हाम्रो अनुमानलाई आलोचनात्मक रूपले हेर्दैनौं।  साँचो होस् वा नहोस्, हामीआफूले चाहेजस्ता मात्रै सूचना लिएर हामी त्यो सानो घेरामा सुरक्षित महसुश गर्छौं। 

यो प्रवृत्ति हाम्रो प्रजातन्त्रको तेस्रो चुनौति हो। हेर्नुस्, राजनीति विचारको युद्ध हो। त्यसैगरी हाम्रो प्रजातन्त्र कल्पना गरिएको हो।

यो ८ वर्षमा मैले धेरै आशलाग्दा युवा स्नातकहरू र हाम्रा सबैभन्दा नयाँ सैनिक अधिकृतहरू देखेको छु। म जवाफ खोजिरहेका शोकाकुल परिवारसँगै शोकमग्न भएको छु र चार्ल्स्टन चर्चमा दया पाएको छु। मैले हाम्रा वैज्ञानिकहरूले प्यारालाइसिस भएको मानिसको चेतना फर्काउन गरेको सहयोग देखेको छु। मैले युद्धमा घाइते योद्धाहरू देखेको छु।

मैले हाम्रा चिकित्सक र स्वंयसेवकले भूकम्पको पछिको निर्माणमा सघाएको र महामारीबाट उम्कन साथ दिएको देखेको छु। स-साना नानीहरूले शरणार्थीको पक्षमा काम गर्न सम्झाएको देखेको छु। उनीहरूले शान्तिका लागि काम गर्न सम्झाएको देखेको छु। मैले कल्पना पनि गर्न नसक्ने गरी यी आस्थाहरू पुरस्कृत भएका छन्।

मलाई आशा छ, तपाईंको पनि आस्था यही हो। तपाईंहरूमध्ये कतिपय त २००४ र २००८ मा पनि मसँगै हुनुहुन्थ्यो।

अब यो सबै हामीसँगै छैन भन्ने तपाईंलाई विश्वास नलाग्न पनि सक्छ। तर, म के भन्न चाहन्छु भने तपाईं एक्लै हुनुहुन्न।

मिचेल… अमेरीकी दक्षिणकी मिचेल लाभाउन रोबिन्सन… २५ वर्षदेखि तिमी मसँग छौ, श्रीमती र छोरीहरूकी आमाका रूपमा मात्रै होइन, तिमी मेरी बेस्ट फ्रेन्डका रुपमा छौ। तिमीले कहिल्यै नमागेको भूमिका पायौ। र, यसलाई बडो प्रेम, धैर्य, कला र हास्यचेतसहित आफ्नै ठानेर पुरा गर्‍यौ।

तिमीले ह्वाइटहाउसलाई सबैको आफ्नो ठाउँ बनायौ।

नयाँ पुस्ताले यसलाई अझ उँचो बनाउने छ किनभने उनीहरूले तिमीलाई रोलमोडेल मान्नेछन्।

तिमीमाथि मलाई गर्व छ, सिङ्गो मुलुकलाई तिमीमाथि गर्व छ।

मालिया र सासा, अनौठो परिवेशमा, तिमीहरू दुई अनौठा युवती हौ। चलाख र राम्रा। तर, त्योभन्दा महत्वपूर्ण तिमीहरू दयावान, चिन्तनशील र लगनशील छौ। यी वर्षहरूमा आइपरेको बोझ सहजै उठायौ। मलाई तिमीहरूको पिता हुनुमा गर्व छ। 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कहाँ र किन चुके प्रभावशाली नेता ?

    कहाँ र किन चुके प्रभावशाली नेता ?

    दुई दसकपछि भएको स्थानीय तहको निर्वाचनमा आफ्नो भविष्य दाउमा राखेर चुनावी मैदानमा भिडेका प्रमुख दलका अधिकांश नेताहरु जितबाट चुकेका छन् । राजनीतिक भविष्य ‘वार कि पार’ को अवस्थामा सिन्धुपाल्चोकबाट चुनावी स्पर्धामा उत्रिएका नेताहरुले हारेपछि उनीहरुलाई संकटसमेत परेको छ । टिकटकै लागि पनि आफ्नै पार्टीभित्र निकै संघर्ष गरेको जिल्लाका उच्च तहका नेताहरुलेसमेत हार व्यहोरेकाले अबको राजनीतिक बाटो खोज्नुपर्ने अवस्था आउँछ ।

  • पोखरा महानगरमा एमाले विजयी, मेयरमा मानबहादुर उमेयरमा मन्जु

    पोखरा महानगरमा एमाले विजयी, मेयरमा मानबहादुर उमेयरमा मन्जु

    नेकपा एमालेले बहुमत वडासहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख विजयी भएका छन्। शुक्रबार सम्पन्न मतपरिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भए।  

  • भरतपुरमा एमालेले फेरि मतान्तर बढायो, १६ नम्बर वडामा कांग्रेस अगाडि

    भरतपुरमा एमालेले फेरि मतान्तर बढायो, १६ नम्बर वडामा कांग्रेस अगाडि

    भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहाल सँगको मत अन्तर फेरि बढाएका छन्। अहिले माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहालको भन्दा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीको १६ सय २७ मत बढी छ।

  • नेटो सम्मेलनमा मोन्टेनिग्रोका प्रधानमन्त्रीलाई ट्रम्पको धक्का

    नेटो सम्मेलनमा मोन्टेनिग्रोका प्रधानमन्त्रीलाई ट्रम्पको धक्का

    गम्भीर मुद्रा मुस्कुराउँदै ट्रम्प अघि बढ्छन् र अघि बढ्ने क्रममा मार्कोभेजको पाखुरामा हातले हिर्काउँछन्। मार्कोभेज आश्चर्यचकित हुन्छन् र त्यसपछि मुस्कुराउँदै ट्रम्पलाई बाटो अग्र पंक्तिमा फोटो खिच्न ठाउँ छाडिदिन्छन्।

  • काठमाडौँ महानगरमा पाँच वडाका मत गन्न बाँकी

    काठमाडौँ महानगरपालिकामा अझै ५ वटा वडाको मतगणना जारी छ। अन्य २७ वडाको मतगणना सकिइसकेको र अब छिटै यी पाँचको पनि सकिने मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले सेतोपाटीलाई जानकारी दिए।