सरकारले पृथ्वीजयन्तीमा विदा नदिएर संकीर्ण सोच राख्योः एमाले अध्यक्ष ओली

skoda
  • Get News Alerts

united
tata

तस्बिरः अनिश रेग्मी/सेतोपाटी


प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वीजयन्तीमा विदा नदिएर संकीर्ण सोच राखेको टिप्पणी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ९५ ‍‍‌औं पृथ्वीजयन्तीको अवसर पारेर काठमाडौंमा गरेको चियापान कार्यक्रममा बोल्दै उनले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणका नायकका रुपमा सम्झनुपर्नेमा जोड दिए। उनले तत्कालीन समयमा पृथ्वी नारायण शाहले जनताको माग, चाहना र बलिदानलाई नेतृत्व दिएर नेपाल राष्ट्र निर्माणको अगुवाई गरेका पनि स्मरण गरे।

अध्यक्ष ओलीले वृहत राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान कायम गर्दै राष्ट्रको रक्षाका लागि एकतावद्ध भएर जान पृथ्वीजयन्तीले सन्देश दिएको बताए।

राष्ट्रिय एकीकरणको भावनालाई आफ्नो स्वार्थसिद्धीको साधन बनाउन उचित नहुने बताउँदै उनले शासवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अगुवाई गरेको भन्दै त्यसलाई आफू अनुकूल व्याख्या गर्न उचित नहुने धारणा राखे।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • स्वीस सहयोगलाई प्राथमिकतामा राख्न नेपालको आग्रह

    स्वीस सहयोगलाई प्राथमिकतामा राख्न नेपालको आग्रह

    परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले स्वीट्जरल्यान्डका विदेशमन्त्री दिदिर बर्कहल्टरबीच आज जेनेभामा भएको भेटवार्तामा आगामी दिनमा नेपालमा पूर्वाधार विकासको क्षेत्रमा स्वीस सहयोगलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

  • दल दर्तामा एमाले र फोरम सँगसँगै

    सङ्घीय समाजवादी फोरम नेपाल र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमालेले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने सन्दर्भमा आज सँगसँगैजसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। संविधान संशोधन प्रस्तावप्रति फरक मत जाहेर गर्दै आएको एमाले र संविधान संशोधन नभई निर्वाचनलाई मान्दैनौं भन्दै आएको फोरमका नेताको आयोगको दल दर्ता कोठामा भएको जम्काभेटलाई एउटा सुखद् संयोगकै रुपमा लिइएको छ।

  • सरकार मधेस, पहाड र हिमाललाई जोड्न लागेको छ- प्रधानमन्त्री

    सरकार मधेस, पहाड र हिमाललाई जोड्न लागेको छ- प्रधानमन्त्री

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताएका छन्। दुई हजार एक सय ४४ औँ ग्याल्बो ल्होसारका अवसरमा आज हिमालयन सांस्कृतिक केन्द्रले राजधानीको सिफलचौरमा आयोजना गरेको कार्यक्रममा उनले सबै क्षेत्रमा बसोबास गर्ने नेपालीका बीचमा संविधानलाई स्वीकार्य बनाउने गृहकार्यमा सरकार जुटेको बताए।  

  • मन्त्रालयहरुद्वारा कानुनविपरित २ खर्ब ७६ करोड माग

    मन्त्रालयहरुद्वारा कानुनविपरित २ खर्ब ७६ करोड माग

    विकास बजेट खर्च गर्न नसक्ने मन्त्रालयले आर्थिक वर्षकै मध्यतिर थप रकम माग गरेका छन्। अर्थ मन्त्रालयका अनुसार २९ वटै मन्त्रालयबाट थप बजेट माग भएर आएको छ। सबैले माग गरेको रकम जोड्दा दुई खर्ब ७६ करोड रुपैयाँ पुग्छ। यसमध्ये केही रकम निकासा भइसकेको अर्थ मन्त्रालय, बजेट महाशाखा प्रमुख मधु मरासिनीले बताए।

  • मन्त्री खड्काद्वारा महत्वकांक्षी योजना सार्वजनिक

    मन्त्री खड्काद्वारा महत्वकांक्षी योजना सार्वजनिक

    मन्त्रालय सम्हालेको एक महिनाभित्रै महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महत्वकांक्षी योजना सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले महत्वकाँक्षी योजना सार्वजनिक गरेका हुन्। जसअनुसार महिलामा मात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।  त्यसकालागि मन्त्रालयले सरकारीअस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी