प्राधिकरणबाट ज्ञवाली बर्खास्त, गोविन्द पोखरेल नयाँ सिइअो

  • Get News Alerts

united
tata

सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण प्रमख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो। सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री  सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए।

ज्ञवालीलाई केपी अोली नेतृत्वको सरकारले ०७२ पुस १० गते प्राधिकरणको प्रमुख नियुक्त गरेको थियो। सरकारले उनको काम चित्त बुझ्दो नभएको भन्दै दुई पटक स्पष्टिकरण सोधेको थियो। उनको स्पष्टिकरण चित्त बुझ्दो नभएकाले पदबाट हटाइएको मन्त्री कार्कीले जानकारी दिए। 

त्यसअघि भूकम्पपछिको  पुनर्निर्माणका लागि बनेको अध्यादेशअनुसार डाक्टर गोविन्द पोखरेल प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। संसदले अध्यादेश पारित नगरेकाले अध्यादेश र उनको नियुक्ति खारेज भएको थियो।

यो पनि हेर्नुहोस्:

हेडमास्टरको सपना पछ्याउँदै पुनर्निर्माणको सेनापतिसम्म

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • संशोधन नभए चुनाव हुन्न

    संशोधन नभए चुनाव हुन्न

    नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने दाबी गरेका छन्। पार्टीले सुरू गरेको हिमाल, पहाड, मधेश, तराई थरुहट राष्ट्रिय एकता अभियान अन्तर्गत शुक्रबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले चुनाव चाहेको तर सबै क्षेत्रको हक अधिकारको ग्यारेण्टी नहुँदासम्म चुनाव गर्नुको कुनै अर्थ नरहेको दाबी गरे।

  • राष्ट्रपति भण्डारीसँग चिनियाँ रक्षामन्त्रीको भेट

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्। सो अवसरमा उनीहरुबीच दुई देशबीचका सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

  • सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

    सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन

    व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।

  • मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन- डा कोइराला

    मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन- डा कोइराला

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन्। गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज यहाँ आयोजना गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए। 

  • निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह

    विभिन्न राजनीतिक दलका नेताले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरुले स्थानीय तहको निर्वाचनको मिति सार्नेभन्दा पनि निर्वाचनपछि संविधान संशोधन गर्न सकिने भएकाले उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रह गरे।

लोकप्रिय

vianet

सूचनापाटी