नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैनः पूर्वराजा ज्ञानेन्द्र

  • Get News Alerts

tata

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको नभइ नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको हुँदा नारायणहिटीबाट मात्र बाहिरिएको बताएका छन् ।

बैंककमा रहेका पूर्वराजाले २९५ औं पृथ्वी जयन्तीका अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन्।

‘स्मरणीय छ, नेपाली जनताको नेपाली जनताको इच्छा नै राजइच्छा हूने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं,’ बक्तब्यमा शाहले भनेका छन्, ‘तर, जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं।’

वक्तव्यको पूर्णपाठ

श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको छ ।

चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको यस मुलुकका शान्तिपि्रय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् ।

यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ ।

स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं।

दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।

नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।

विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं । यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनै पर्दछ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन आह्वान गर्दछु ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल ।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • दरबारमा बहुदलको खिल्ली उडाइन्थ्यो

    दरबारमा बहुदलको खिल्ली उडाइन्थ्यो

    त्यतिखेरको दरबारको एकथरी तङ्खवले संसदीय व्यवस्था राम्रोसँग नचलोस्, यसले राम्रो काम नगरोस् भन्ने चाहन्थ्यो। संसद्भित्रबाट नै विकृति ल्याउने प्रयास भएका थिए। एकपटक म सभामुख हुँदाखेरी दरबारमा एउटा कार्यक्रममा गएको थिएँ। एउटा कोठामा त्यतिखेरका अधिराजकुमार ज्ञानेन्द्रसहितका मान्छेहरु थिए। त्यतिखेर अविश्वासको प्रस्ताव आउने र जोगाउन मन्त्रीलाई बैंकक पठाइने विकृति सुरू भएको थियो। त्यो कुरालाई लिएर मजाक बनाइएको थियो, संसद्को खिल्ली उडाइएको थियो। म त्यहाँ सुनेर बसेँ, धेरै कुरा गरिनँ।

  • गाम्नाङटारका भूकम्पपीडितलाई हेलिकप्टरबाट पैसा वितरण

    गाम्नाङटारका भूकम्पपीडितलाई हेलिकप्टरबाट पैसा वितरण

    भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउँ विकास समितिका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकीकृत सेवा गाउँमै पाएका छन्।

  • वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत

    वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत

    मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा हालसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षीले फरकफरक अडान राखे पनि निर्वाचन गराउन एकमत हुनुले त्यो विवादलाई पनि वार्ताबाट मिलाउन उनीहरु तयार देखिएका छन् ।

  • एउटाको मुद्दामा अर्कैलाई पक्राउ गरेपछि ...

    जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले तत्काल छाड्न पत्रमार्फत प्रहरीलाई निर्देशन दिएको हो ।

  • दश महिनाभित्र तीन वटै तहको निर्वाचनको मिति घोषणा गर – ओली

    दश महिनाभित्र तीन वटै तहको निर्वाचनको मिति घोषणा गर – ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्। एमाले भक्तपुरले आज यहाँ आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रममा उनले आगामी कात्तिक–मङ्सिरसम्म तीन वटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।

hundai

लोकप्रिय

vianet

सूचनापाटी