पुस २७ गते बिदा दिन एमाले सांसदको माग

yamaha
  • Get News Alerts

united
tata

प्रमुख बिपक्षी नेकपा एमालेका सांसद प्रकाश ज्वालाले पुस २७ गते राष्ट्रिय बिदा दिन माग गरेका छन्। व्यवस्थापिका संसदको शुन्य समयमा बोल्दै सांसद ज्वालाले पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन माग गरेका हुन्।

‘भोलि बिदा दिनेकि नदिने भन्ने बहस चलिरहेको छ,’ ज्वालाले भने,‘पृथ्वी नारायण शाह राजा मात्रै थिएनन्, उनी राष्ट्र निर्माता समेत हुन्।’ सरकारले पुस २७ गते पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा सरकारले राष्ट्रिय बिदा दिनुपर्ने माग समेत ज्वालाले राखे।

पृथ्वी नारायण शाहले नेपाली जनताको साथ र सहयोगमा नेपाल राज्यको एकीकरण गरेको यथार्थ भुल्न नहुने उनले बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउनुपर्ने माग राख्दै आएको छ।

२०६२्६३ को आन्दोलनपछि पुस २७ गते राष्ट्रिय बिदा दिन बन्द गरिएको हो।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • राष्ट्र निर्माणका लागि समाजसेवीको खाँचो छ- उपप्रधानमन्त्री थापा

    राष्ट्र निर्माणका लागि समाजसेवीको खाँचो छ- उपप्रधानमन्त्री थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र निर्माणमा समाज सेवाको माध्यमबाट महत्वपूर्ण योगदान गर्न सकिने बताएका छन्। समाजसेवी शशीकला राजभण्डारीको छैटौं स्मृति सभामा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलिसभामा उपप्रधानमन्त्री कमल थापाले मुलुकमा स्वास्थ्य, शिक्षा तथा समाज सेवाको विकासमा राजभण्डारीले महत्वपूर्ण सहयोग गरेको बताए। 

  • लोकतन्त्र संस्थागत गर्नुपर्ने – पूर्व राष्ट्रपति यादव

    लोकतन्त्र संस्थागत गर्नुपर्ने – पूर्व राष्ट्रपति यादव

    पूर्व राष्ट्रपति डा रामवरण यादवले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। युवा संसद् नेपालको आयोजनामा आज यहाँ भएको ‘युवा सार्क क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै उनले ७० वर्षको उपलब्धिबाट आएको लोकतन्त्र राजनीतिक दलको खिचातानीका कारण अझै ओझेलमा परेको भन्दै संस्थागत गर्नुमा जोड दिएका हुन्। 

  • संशोधन विधेयक संसदमा पेश, बैठक भोलि एक बजेसम्म स्थगित

    सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सोमबारको संसद बैठकमा उक्त संशोधन विधेयक पेश गरेका हुन्।

    संविधान संशोधन पेश गर्दै नायकले निर्वाचनको वातावरण बनाउन विधेयक ल्याइएको बताए। यसैबीच संसद बैठक भोलि मंगलबार एक बजे बस्ने गरी स्थगित भएको छ।

  • सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको छ-प्रधानमन्त्री

    सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको छ-प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौँ बैठकमा बोल्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले नेपाली जनतालाई स्वास्थ्यमा पहुँच पु¥याउन नयाँ आयामबाट काम अघि बढेको बताए।

  • सिलवाललाई आजै थुनामुक्त गरी अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

    सिलवाललाई आजै थुनामुक्त गरी अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई थुनामुक्त गरेर आजै यथाशिघ्र अदालतमा हाजिर गराउन आदेश दिएको छ। सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले उक्त आदेश गरेको हो।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी