शीर्ष नेताहरुले लोकमान नियुक्तिको जवाफ दिनुपर्ने सांसदको माग

  • Get News Alerts

united
tata

नेकपा माओवादी केन्द्रका सांसदहरू रवीन्द्र प्रताप शाह, गोपाल गिरी र ल्यार्केल लामा व्यवस्थापिका संसदको क्यान्टिनमा खाजा खादै थिए। त्यही बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरी आइपुगे।

आइतबार सर्वोच्च  अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको नियुक्तिमा अयोग्य भएको फैसला बारे कुरा उठ्यो।

छलफलमा गिरीले लोकमानको नियुक्तिनै अवैध भएपछि उनलाई नियुक्ति गर्न सिफारीस गर्ने नेता के हुन्छन्? भनि प्रश्न राखे।

दिलनाथको भनाइलाई माओवादी केन्द्रका सांसद गोपाल गिरी र ल्यार्केल लामाले समर्थन गरे। अर्का सांसद रवीन्द्र शाहले सांसदहरुको भानाइप्रति मुस्कुराए तर केही बोलेनन्।

लोकमानसिंह कार्कीलाई सर्वोच्चले बदर गरेपछि कार्कीको नियुक्तिका लागि सिफारीस गर्ने नेताहरुले आत्मालोचना गर्न पर्ने कि नपर्ने भन्ने प्रश्न सर्बत्र उठेको छ।

कार्की विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफलमा बोल्ने सांसदहरुले समेत शीर्ष नेताहरुले लोकमान नियुक्तिको जवाफ दिनुपर्नै माग राखेका थिए।

तर कुनै पनि पार्टीका शीर्ष नेताहरुले महाभियोग प्रस्ताव माथिको छलफलमा भाग लिएनन्।

महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउने संसदको निर्णय र लोकमान नियुक्तिलाई बदर गर्ने सर्बोच्च अदालतको निर्णय एकै दिन आएको छ।

कार्की नियुक्तिका लागि सिफारीस गर्ने नेताहरुको सर्बत्र आलोचना भए पनि सोमबारको संसद बैठकमा कुनै सांसदहरुले यो विषय उठाएनन्।

लोकमानको नियुक्ति नै गलत भएको थियो भनेर अब नेताहरुले जनतामाझ आत्मालोचना गर्नुपर्ने एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सेतोपाटीलाई बताए ।

‘लोकमानको इतिहास समेत प्रष्ट थियो तर पनि उनलाई सिफारिस गरीयो,’ ज्ञवलीले भने, ‘अब यस्ता नियुक्ति गर्दा सम्बन्धीत विषयका बिज्ञलाई नियुक्त गर्नुपर्छ अनि नियुक्तिका लागि दस पटक सोच्नुपर्छ।’

आफ्नो पार्टीले त्यति बेलै लोकमानको नियुक्ति नगर्न राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको पनि त्यसको सुनुवाई नभएको एमाले स्थायी कमिटी सदस्य अमृत कुमार बोहोराले सेतोपाटीलाई बताए।

‘राष्ट्रपतिले लोकमतको कदर गर्छु भन्नुभएको थियो,’ बोहोराले भने, ‘तर राष्ट्रपतिले कार्यालय समयभन्दा पनि पहिला सपथ गराएर लोकमानको कदर गर्नुभयो।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बद्री पाण्डेले प्रजातन्त्रमा गलत ढंगले भएका नियुक्ति सच्चिन सक्छन् भन्ने प्रमाणित भएको बताए।

‘सर्वोच्च अदालतले गरेको फैसलालाई नेताहरूले स्वागत गरेका छन् विरोध गरेका छैनन्,’पाण्डेले भने, ‘सार्वजनिक रुपमा आत्मालोचना गरे अझै राम्रो हुन्छ प्रजातन्त्रमा गल्ती स्वीकार्नु नै ठूलो कुरा हो।’

सर्वोच्चका फैसलाले नेताहरुलाई शिक्षा दिएको समेत पाण्डेले बताए।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • सर्वदलीय बैठक सकियो, चुनाव मिति र बजेट केन्द्रित बहस

    सर्वदलीय बैठक सकियो, चुनाव मिति र बजेट केन्द्रित बहस

    प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सर्वदलीय बैठकमा शुक्रबार मधेसी मोर्चासँगको सहमति अनुसार सरकारले संविधान संशोधन परिमार्जनसहित पारित गर्ने, निर्वाचनलाई दुई चरणमा सम्पन्न गर्ने तथा आगामी बजेटको विषयमा छलफल भएको थियो।

  • सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

    सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

    स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ ।

  • बृद्ध भत्ता मासिक ५ हजार, पाँच लाखलाई रोजगारी दिने एमालेको घोषणा पत्र

    बृद्ध भत्ता मासिक ५ हजार, पाँच लाखलाई रोजगारी दिने एमालेको घोषणा पत्र

    नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणा पत्र आजको स्थायी कमिटीको वैठकबाट पारित गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह २ बजेबाट सुरु भएको छलफलपछि पार्टीले सो घोषणा पत्र पारित गरेको हो।

  • कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने

    सबै बालबालिकाले समान र समतामूलक शिक्षा पाउनुपर्ने आवाजसहित आज शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको संयोजनमा राजधानीमा शान्तिपूर्ण बृहत् शैक्षिक पदयात्रा आयोजित भएको छ ।

  • नेकपा माओवादी केन्द्र कैलालीद्वारा उम्मेदवार छनौट

    नेकपा माओवादी केन्द्र कैलालीद्वारा उम्मेदवार छनौट

    नेकपा माओवादी केन्द्र कैलालीले जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिको उम्मेदवारको टुङ्गो लगाएको छ। केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनौट गरेको छ ।

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी