सांसदहरूले महिनामा एकपटक प्रधानमन्त्री र दुई पटक मन्त्रीहरूलाई संसदमा सिधा प्रश्न गर्न पाउने

चुनाव
  • Get News Alerts

tata

व्यवस्थापिका संसदमा अब सांसदहरुले प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने भएका छन्। व्यवस्थापिका संसदको बैठकले प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि २०७३ अनुमोदन भएसँगै प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदहरुले प्रत्यक्ष प्रश्न गर्ने बाटो खुलेको हो ।

प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्षरुपमा सम्बन्धित विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको दोस्रो आइतबारको समय निर्धारण गर्ने व्यवस्था गरिएको छ।

प्रश्नोत्तरको समय दुई घण्टाको रहनेछ। उक्त दिन कुनै कारणले बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो दुई घण्टाको समय निर्धारण गर्न सक्ने व्यवस्था गरिएको  छ।

बढीमा पन्ध्र जना सांसदले मात्रै प्रधानमन्त्रीलाई प्रश्न गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।

मन्त्रीहरुसँग प्रत्यक्ष प्रश्न गर्नका लागि प्रत्येक महिनाको दोस्रो र चौथो बुधबारको समय छुट्टाइएको छ। मन्त्रीहरुसँग प्रश्न गर्ने समय पनि दुई घण्टा नै रहेको छ। उक्त दिन बैठक नबसे लगत्तै बस्ने बैठकमा प्रश्नोत्तर हुने कार्यबिधिमा उल्लेख छ। एउटा बैठकमा दुई वटा मन्त्रालयसँग सम्बन्धित रहेर बढीमा बीस वटा प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुलाई प्रश्न सोध्ने सांसदहरुले आफ्ना स्थानबाट उभिएर प्रश्न सोध्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रश्नकर्ता सांसदले मुल प्रश्नसँग सम्बन्धित एक मात्र पुरक प्रश्न सोध्न सकिने कार्यविधिमा उल्लेख छ ।

प्रश्न सोध्ने सांसदहरुले आफ्नो प्रश्न र प्रश्नसँग सम्बन्धित मन्त्रीको नाम लिखित रुपमा पाँच दिन अगाडि संसदका महासचिबलाई बुझाउनुपर्नेछ ।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार