सांसद खतिवडाको खल्तीमा अर्काको १४ लाख पर्ने घडी परेपछि...

  • Get News Alerts

united
tata

लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनको हेल्थ क्लबमा बुधबार बिहान हल्लीखल्ली मच्चियो। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घडी हराएछ। उनले दरबारमार्ग प्रहरीमा गएर उजुरी गरे।

प्रहरीले अनुसन्धान सुरु गर्यो।

प्रहरी स्रोतअनुसार त्यस दिन हेल्थ क्लबमा गुरुङसहित जम्मा आठ जना व्यक्ति आएका थिए। प्रहरीले अनुसन्धान निम्ति हातका औंलाको छाप लिन पालैपालो सबैलाई डाक्यो। त्यही क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडासँग पनि सम्पर्क गर्यो। ओखलढुंगाका निर्वाचित सांसद खतिवडा नियमित रूपमा र्‍याडिसन क्लब जाने गरेका थिए।

‘माननीयज्यू, हामीकहाँ प्रबल (गुरुङ) जीको घडी हराएको उजुरी परेको छ, तपाईं पनि त्यस दिन र्‍याडिसन क्लब जानुभएकाले फिङ्गर प्रिन्टको निम्ति यहाँ आइदिनुपर्यो,’ दरबारमार्गका प्रहरी अधिकारीले खतिवडासँग सम्पर्क गरे।

‘म त अहिले ओखलढुंगामा छु, फर्केर आएपछि आउँला,’ खतिवडाले जवाफ दिए।

दरबारमार्ग प्रहरी स्रोतका अनुसार त्यसको केही बेरपछि नै खतिवडा आफैंले फोन गरे। उनले ‘खै कसरी हो, घडी त मेरै ट्राउजरमा पो रहेछ, म ल्याइदिन्छु है’ भन्दै खबर गरेको प्रहरी स्रोतले बतायो।

त्यसको चार दिनपछि शनिबार खतिवडाले होटल र्‍याडिसनमा गएर घडी फिर्ता गरेको प्रहरीले जनाएको छ।

दरबारमार्ग प्रहरीले घडी हराएको सूचना दिन आफूलाई सम्पर्क गरेको खतिवडाले पुष्टि गरेका छन्।

‘म ओखलढुंगामा थिएँ, दरबारमार्ग प्रहरीले प्रबलजीको घडी हराएकाले हजुर एकचोटि आइदिनुपर्यो भन्दै सम्पर्क गरेको हो,’ खतिवडाले आइतबार सेतोपाटीसँग भने।

त्यस दिन आफू हतार–हतार क्लबबाट निस्किएकाले घडी ट्राउजरमा कसरी पर्यो थाहा हुन नसकेको खतिवडाको भनाइ छ।

‘मलाई त्यसै दिन ओखलढुंगा जानु थियो, म हेल्थ क्लब जाँदा लगाएर गएको कपडा फुकालेर अर्को लगाएर त्यहीँबाट ओखलढुंगाका लागि निस्केँ,’ उनले भने, ‘बिहीबारसम्म केही थाहा भएन, कार्यक्रममै व्यस्त रहेँ। शुक्रबार दिउँसो ट्राउजर हेर्दा पो खल्तीमा घडी देखेँ।’

आफ्नो खल्तीमा अर्काको घडी देखेपछि तुरुन्तै र्‍याडिसन होटलको क्लबमा भेट्ने साथी सीमान्त गुरुङलाई फोन गरेको उनले दाबी गरे। उनका अनुसार सीमान्तले नै प्रबलको घडी हराएको जानकारी दिएका थिए।

‘काठमाडौं फर्किनेबित्तिकै होटलको रिसेप्सनमा गएर घडी फिर्ता गरेँ,’ उनले भने।

घडी आफूले ‘चोरेको’ भन्ने हल्ला निराधार भएको दाबी गर्दै खतिवडाले आफूलाई फसाउन षड्यन्त्र भएको जिकिर गरे। ‘कसैले नियतवश मेरो खल्तीमा घडी राखिदिएको हो। मेरो चरित्रहत्या गर्ने काम भएको छ। यसबारे थप अनुसन्धान गर्न म प्रहरीसँग अनुरोध गर्छु,’ उनले भने।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • भक्तपुरमा मेयरका प्रत्याशीहरुबाट भोट माग्नै सुरु

    भक्तपुरमा मेयरका प्रत्याशीहरुबाट भोट माग्नै सुरु

    जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनुपर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकाको तुलनामा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा मेयरको उम्मेदवार बन्ने नेताको लर्को लागेको हो ।

  • आरआरमा स्थगित स्ववियु निर्वाचन आगामी मङ्गलबार हुने

    आरआरमा स्थगित स्ववियु निर्वाचन आगामी मङ्गलबार हुने

    फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी मङ्गलबार हुने भएको छ । क्याम्पस प्रमुख डा निर्मलकुमार सुवालले सूचना प्रकाशित गर्दै स्थगित भएको निर्वाचन आगामी मङ्गलबार हुने जानकारी गराएका हुन्।

  • चीनको विकासले नेपाललाई पनि सहयोग पुग्ने: प्रधानमन्त्री दाहाल

    चीनको विकासले नेपाललाई पनि सहयोग पुग्ने: प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनले नेपालमा शान्ति र विकास चाहेकोप्रति हामी सराहना व्यक्त गर्दछौँ भने।

  • उच्चस्तरीय छानबीन आयोग महोतरीमा

    उच्चस्तरीय छानबीन आयोग महोतरीमा

    तराई, मधेस, थरुहट आन्दोलनको क्रममा भएको घटनाहरु बारे सत्य तथ्य पत्ता लगाउन सरकारले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानविन आयोगले शनिबार र आईतबार महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी संकलन गरेको छ।

  • मुलुकलाई आत्मनिर्भर बनाउन युवा शक्ति जलविद्युत् उत्पादनमा लाग्नुपर्छ – मन्त्री शर्मा

    मुलुकलाई आत्मनिर्भर बनाउन युवा शक्ति जलविद्युत् उत्पादनमा लाग्नुपर्छ – मन्त्री शर्मा

    ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरेका छन्। नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग काठमाडौँको दोस्रो जिल्ला सम्मेलनलाई यहाँ आज उद्घाटन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा सबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताए।

लोकप्रिय

vianet

सूचनापाटी