नेपाली काँग्रेसले टिकट नदिँदा रातारात काँग्रेस छाडेर एमाओवादीका उम्मेदवार बन्न पुगेका महोत्तरी क्षेत्र नं. ५ का उम्मेदवार रजिहैदरले बैरगीया लक्ष्मीनियाका स्थानीय दुई जनालाई कुटपिट गरेका छन।
डेढ सय भन्दा बढी कार्यकर्ताका साथ गएका उम्मेदवार हैदरले बैरगीया लक्ष्मीनिया २ का शेख अब्दुल सलाम र अर्का एक जना नाम नखुलेका १९ वर्षीय युवकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
साथै उम्मेदवार हैदरले सलामको घरअगाडि रहेको सार्वजनिक मस्जिद जाने बाटो नजिकको पर्खालसमेत भत्काएको प्रहरीले जनाएको छ। निर्वाचन अघि हैदर र सलामबीच भोट दिने बारे सहमति भए पनि हैदरलाई हार व्यहोर्नु पर्दा उनले मुसलमान भएर मुसलमानलाई किन भोट दिइनस् र मलाई हराईस? भन्दै कुटपिट र पर्खाल भत्काएको स्थानीयले बताए।
यता उम्मेदवार हैदरले आफूले कुटपिट नगरेको भन्दै सार्वजनिक बाटोलाई छेक्ने गरि बनाइएको पर्खाल भत्काएको स्वीकारेका छन।
घटनाबारे थाहा पाउने वित्तिकै रामगोपालपुर र गैढाभेटपुरबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिएको भएपनी प्रहरीप्रशासनले केही खुलेर बताउन चाहेको छैन्। शुक्रबार मध्यरातमा आएको मतगणना परिणाम अनुसार एमालेका नेता दीपनारायण साहले ७ हजार २ सय ७६ मत ल्याएर विजयी भएपछि सोको रिसिइविकै कारण कुटपिट भएको प्रहरीको भनाई छ। उम्मेदवार रजि हैदरले भने ६ हजार ९ सय ४३ मत ल्याएर प्रतिस्पर्धीमै चित वुझाउनु परेको छ।