निर्वाचन परिणाम आफ्नो विरुद्धमा देखिएपछि निर्वाचनको स्वच्छता र वैधतामाथि प्रश्नचिन्ह खडा गर्दै मतगणना प्रक्रिया स्थगन गरी पुनरावलोकन गर्न एमाओवादीले माग गरिरहेका बेला निर्वाचन आयोगले ठाडै अस्विकार गरेको छ ।
‘कुनै पनि कुराको पुनरावलोकन गर्ने भनेको अवलोकन नभएको विषयमा मात्रै गर्ने हा’ प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भने, ‘आयोगले सञ्चालन गरेको निर्वाचनमा अनावश्यक प्रश्न उठाई पुनरावलोकनको माग गर्नेहरुले बरु आफ्नै
मेमोरी र आन्तरिक व्यवस्थापन गर्न अनुरोध गर्दछु।’
राजनीतिक दलसँगको सल्लाह र सहमतीमा निर्मीत ऐन कानुन र निर्वाचन नियमावली अनुसार चुनाव सम्पन्न गरेको दाबी गर्दै यदि कसैलाई मतगणना प्रक्रिया चित्त नबुझेको भए कानुनले व्यवस्था गरे अनुसार निर्वाचन अदालतमा जान र कानुनी उपचार खोज्न चुनौती दिए।
अदालतको ढोका सबैलाई खुला रहेको बताएका उप्रेतीले भने, ‘कानुन बमोजिम अवलोकनका लागि कसैलाई रोकेको छैन, अदालतको ढोका सबैलाई खुला छ’ ।
एमाओवादीका नेताहरुले आफ्नो पार्टी विरुद्ध सब देशी -विदेशीको षडयन्त्रमा मतपेटिका परिवर्तन गरेको आरोपबारे प्रश्नको जवाफमा उप्रेतीले त्यसलाई केटाकेटीले मात्र गर्ने उरन्ठेउला कुरा को संज्ञा दिए।
मोहन वैद्य नेतृत्वको निर्वाचन विरोधी बन्द विरोध र बम विस्फोटनमा आक्रोसित भएका उप्रेतीलाई एमाओवादीले लगाएको आरोप र निर्वाचन विरोधीले पड्काएको बममा केले बढी घाएल गरायो भन्ने प्रश्नको जवाफ यस्ले आफू भन्दा पनि आम मतदाता घायल भएको जिकिर गरे।
उप्रेतीका अनुसार माओवादीले बाहिर सञ्चारमाध्यममा निर्वाचनमा अनियमितता भएको आरोप लगाएपनि आधिकारिक रुपमा आयोगमा कुनै उजुरी दर्ता गराएका छैनन्।