चु्नावमा अर्न्तघात गरेको भन्दै कैलालीमा एमालेका कार्यकर्ताहरूबीच झडप भएको छ।
आज एमाले पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम भईरहेका बेला बिवाद सिर्जना भएपछि कार्यकर्ताबिच झडप भएको हो।
कैलाली क्षेत्र नम्बर ४ मा एमालेका तर्फबाट कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी उमेद्बार भएपछि उनी पक्षीय कार्यकर्तालाई ओली पक्षका कार्यकर्ता खडक साउदलाई आक्रमण गरेका हुन्।
संथापन पक्षका कार्यकर्ताहरुको कुटाईवाट साउद सामान्य घाईते भएका छन्।
क्षेत्र नम्बर २ बाट एमालेका मोहनसिंह राठोर बिजयी बनेपछि एमालले पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो।
यद्यपी कार्यक्रम चलिरहेका बेला स्थानिय नेता कार्यकर्ताहरुबी पार्टी बाटै अन्तर्घात भएको बिषयबस्तुमा विवाद चर्किदा झडप भएको थियो। झडपमा सामान्य ३ जना घाईते भएका छन्। एमालेले कुटपिटबाट घाईते हुने र कुटपिट गर्नेको नाम सार्बजनिक गरेको छैन। उता एमाले सो घटना सामान्य भन्दै लुकाउदै आएको छ ।