नेपाली काग्रेस रुकुमले क्षेत्र नम्बर दुइको मतगनाको क्रममा भोटहालेको रसिदको अर्धकट्टीहरु भेटिएपछि निर्वाचन निष्पक्ष नभएको भन्दै अन्तिम अवस्थामा बष्हिकार गरेको गरेको छ ।
मतगनणाको क्रममा अर्धकट्टीहरू एक हजारभन्दा बढि भेटिएपछि मतदान प्रकृयामा षडयन्त्र भएको भन्दै बष्हिकार गरेको नेपाली काग्रेस रूकुमका सभापति मान बहादुर नेपालीले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १६ वटा मतदान केन्द्रमा पुन मतदानको माग गदै उजुरी समेत दर्ता गरेको छ पत्रकार सम्मेलन मार्फत काग्रेसले सो कुरा जानकारी गराएको हो।
आफूहरूले निर्वाचनको क्रममा कर्माचारी ब्यवस्थापनदेखि निर्वाचनको क्रममा भएका धाधलीहरुलाई समेटेर पुन निर्वाचनको माग गदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको क्षेत्र नम्बर दुइका नेका उम्मेद्धार गोपाल जी जंग शाहले जानकारी दिए।
जिल्लाको दुली,मग्गा ,सिम्ली गाविसका पाँच मतदान केन्द्रमा चुनाव निष्पक्ष नभएको भन्दै मंसिर ४ गते पनि आफूहरुले उजुरी दर्ता गरेकेा काग्रेसले जनाएको छ।
यसै विच दुवै निर्वाचन अधिकृतको कार्यालयले विजय उम्मेद्धारहरुको नाम घोषणा गरेका छन।
दिउँसो सकिएको मतगणना अनुसार क्षेत्र नम्बर १ बाट उम्मेद्धार बनेका एनेकपा माओबादी गणेशमान पुन १८ हजार पाच सय ९८ मतले विजय भएका छन। दोस्रो स्थानमा नेपाली काग्रेसका उम्मेद्धार कृष्ण बहादुर रोकाय रहेका छन।
उनको मत ६ हजार एक सय ७३ रहेको छ। तेस्रो स्थानमा नेकपा एमालेका खेम्मान खड्का रहेका छन। उनको मत तिन हजार सात सय ६ रहेको छ। क्षेत्र नम्बर १ मा ३८ हजार चार सय ३५ रहेको थियो त्यसमा ३१ हजार चार सय ३५ मत खसेको थियो।
त्यस्त्ौ क्षेत्र नम्बर दुईमा एनेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजय भएका छन । उनको मत २२ हजार पाच सय ७५ रहेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेसका गोपाल जी जंग शाह छन् उनको मत ९ हजार नौ सय ७६ रहेको छ।
तेस्रो स्थानमा नेकपा एमालेका ठगेन्द्र प्रकाश पुरी रहेका छन। उनको मत ६ हजार एक सय १८ रहेको छ। मतगणना कार्यमा एमाओवादीको सहभागिता रहेको थिएन।