मतपेटिका सदरमुकाम ल्याइ नसकेका कारण रोल्पाको मतगणना अझैसम्म सुरु हुन सकेको छैन। केही बेर अगाडि एनेकपा माओवादीबाहेकका दलको सर्वदलीय बैठकले मतपेटिका आइसकेको क्षेत्र नं. १ को मतगणना अहिले २ बजेदेखि गर्ने निर्णय गरेको छ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार क्षेत्र नं. २ का बाँकी स्थानमा रहेका मतपेटिका पनि हवाइ मार्गको प्रयोग गरी आजै सदरमुकाम ल्याइनेछ। सो मतपेटिका आइसकेपछि २ नं. क्षेत्रको पनि मतगणना तुरुन्तै सुरु गरिने गौतमले जनाए।
विभिन्न सुरक्षाको चुनौति भन्दै स्थानीय प्रशासनले थबाङ, मिरुल र कुरेली लगायतको मतपेटिका २ दिनदेखि मिरुल गाविसको टुटुमा राखिराखेको छ ।