प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आफू सन्तुष्ट रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन हुनेगरी संविधान संधोधनको प्रस्ताव ल्याइएको प्रष्ट्याएका हुन्।
लाजिम्पाटस्थित आफ्नै निजी निवासमा आयोजित पार्टी केन्द्रिय कार्यालयको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रलाई एकतावद्ध बनाई निर्वाचनमा जाने वातावरण बनाउनका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गर्नु परेको बताए। हिमाल, पहाड र तराईका जनताको मागलाई सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव ल्याइएको पार्टी अध्यक्ष एवम प्रधानमन्त्री दाहालले बताएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
उनले बैठक पहिल्लो राजनीतिक परिस्थितिको समीक्षामा केन्द्रित रहेको उल्लेख गर्दै त्यसमा आफू सन्तुष्ट रहेको प्रधानमन्त्रीले बताएको जनाइन्।