किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले दोस्रो संविधानसभा निर्वाचनमा मतदान गरेका छन् ।
इलामको बाँझोस्थित सरस्वती उच्चमाध्यमिक विद्यालय निर्वाचन केन्द्रमा उनले बिहान ८ बजे मतदान गरेका छन् ।
धर्मगुरु लिङ्देनले संविधानसभाको निर्वाचनबाट मुलुकलाई समृद्ध बनाउनका लागि मतदानमा सहभागी भएको बताएका छन् ।
सरस्वती माविमा निर्धारित मतदान केन्द्रमा एक हजार २८९ मतदाताले मतदान गर्ने निर्वाचन अधिकृत बलबहादुर ओख्राबुले बताए । यस केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको अधिकृत ओख्राबुले जानकारी दिए । रासस