रौतहट क्षेत्र नं ३ स्थित पोटीयाही प्राविमा अवस्थित मतदान केन्द्रमा एमाले र एमाओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमाओवादीका कार्यकर्ता धर्मेन्द्र मण्डल घाइते भएको र उनको गौर अस्पतालमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी देबाहीका सशस्त्र प्रहरी नायब निरीक्षक शशिकुमार पाण्डेले बताए।
झडपपछि पोटीयाही प्रावि मतदानकेन्द्रको मतदान केहीबेरका लागि अवरुद्ध भए पनि अहिले पुनः सुचारु भएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक पाण्डेले बताए। रासस