मतदाताको संख्या सबैभन्दा सानो भएका ४ वटा अस्थायी मतदानकेन्द्रहरुमा मतदान कार्य सम्पन्न भइसकेको छ।
समानुपातिकतर्फका लागि मात्र मतदान गर्न पाउने जुम्ला कारागार शाखा अस्थायी मतदान केन्द्रमा रहेका १९ जना मतदाताले ८:०० बजे सम्ममा नै मतदान सम्पन्न गरेका हुन् ।
निर्वाचन आयोगले दिएको जनाकारी अनुसार, सोलुखुम्बु जिल्लाको सल्लेरी कारागार मतदान केन्द्र, मुस्ताङ कारागारमा रहेको अस्थायी मतदानकेन्द्रमा पनि मतदान कार्य सम्पन्न भएको छ ।
उक्त केन्द्रको मतदाता नामावलीमा रहेका १४ जना सबैले मतदान गरेका हुन् । डोल्पा जिल्लाको लाहा गाविसस्थित पृथ्वीनारायण प्रावि मतदान केन्द्रमा पनि मतदान सम्पन्न भएको छ ।
६१ जना मतदाता रहेको उक्त केन्द्रका सबैले मतदान गरेका छन् ।