संविधानसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ अन्तर्गत बेलडाँगी गाविस–१ स्थित सरस्वती माविको मतदान केन्द्र ‘क’ मा १०७ वर्षीय बिर्खबहादुर बस्नेतले मतदान गरेका छन् ।
सो मतदान केन्द्रमा एक हजार ७३४ मतदाता रहेको र अहिलेसम्म करिब १४६ महिला र ८६ पुरुषले मतदान गरिसकेको मतदान अधिकृत अम्वादत्त भट्टले जानकारी दिए। रासस