राष्ट्रपति रामवरण यादवले काठमाडौं– ५ स्थित कान्ति क्लब मतदान केन्द्रको निरीक्षण गरेका छन्। मतदान सुरु भएको तीन घन्टापछि राष्ट्रपति रामवरण यादव पैदलै हिँडेर शीतलनिवासबाट कान्तिक्लब मतदान केन्द्र पुगेका हुन्।
आफू लोकतान्त्रिक पृष्ठभूमिको व्यक्ति भएकाले मतदानको दिन चुप लागेर बस्न मनले नमानेको हुँदा मतदानको गतिविधि हेर्न निस्किएको राष्ट्रपतिले बताएको शीतलनिवास स्रोतले बताएको छ।