मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं १ को बानश्वेर हाइटस्थित सानोगौचरण मतदान केन्द्रमा आज बिहान ८:३० बजे मतदान गरेका छन्।
आफ्नो सरकारी निवास बालुवाटारबाट सुरक्षासहित पुगेका अध्यक्ष रेग्मीले मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त विभिन्न मतदान केन्द्रमा मतदाताहरूको उत्साहपूर्वक सहभागिता रहेको पाउँदा ज्यादै खुसी लागेको बताए।
सानोगौचरण केन्द्रमा कुल एक हजार ७०० मतदाता रहेकामा करिब एक हजार ५०० ले सोमबारसम्ममा फोटोसहिताको मतदाता परिचय लिएका थिए ।