रोल्पामा सोमबार साँझ ६ वटा शक्तिशाली बम विस्फोट भएको छ । बेलुकी करिब ७ः३० बजे रोल्पाको दुईवटै निर्वाचन क्षेत्रलाई लक्षित गरी उक्त बम विस्फोट गराइएको हो ।
क्षेत्र नं १ लाई लक्षित गरी पूर्वी रोल्पाको बडाचौर साइडमा र क्षेत्र नं २ लाई लक्षित गरी गैरीगाउँ गाविस–७ मा पाँचवटा शक्तिशाली बम विस्फोट गराइएको हो । रातको समय भएकाले तत्काल त्यसतर्फ जान कठिन भएको प्रहरीले जनाएको छ । सुरक्षा निकायहरू मतपत्रको सुरक्षामा खटिएकाले पनि त्यसतर्फ जान नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विस्फोट कसले गरेको भन्ने खुल्न नआए पनि चुनाव बहिष्कारमा रहेका दलहरूले विस्फोट गराएको हुन सक्ने अनुमन गरिएको छ । रासस