निवार्चन आयोगको कमजोर व्यवस्थापन र निर्वाचनमा भाग लिने दलहरुको बढी संख्याका कारण मतदान कार्यमा असहजता भएको मतदान अधिकृत र मतदाताले जनाएका छन्। बृद्ध, अशिक्षित र असक्तहरुको मत बदर हुने संभावना बढी देखिएको छ। समानुपातिक तर्फको निर्वाचनका लागि १ सय २२ दलको चुनाव चिन्ह अटाउन चुनाव चिन्हको कोठा पनि सानो, मतपत्र पनि अत्यन्त कमसल कागजमा छापिएको र स्वस्तिक छाप पनि प्रस्ट नदेखिने हुँदा मतदाताले निर्धारित चिन्हमा मात्र मत हाल्ने कठिन भएको एक मतदाताले बताए।
मतदाताले स्वस्तिक छाप लगाउदा दोहोर्एर लगाउने र मतपत्र बदर हुने संभावना बढी देखिएको छ।
आयोगले मतदान केन्द्रमा आवश्यक निर्वाचन सामाग्री पनि पर्यप्त नभेटिएपछि मतदान अधिकृतले राजनीतिक दलका प्रतिनिधी र प्रहरीको रोहोवरमा सामाग्रीको रुजु गरेका थिए । यति सम्मकी काठमाण्डौ १० मा प्रत्येक्ष तर्फ ३९ उम्मेदवारका प्रतिनिधीका लागि चाहिने परिचय पत्र समेत नपुग भएपछि मतदान अधिकृतले मात्र १० जना उम्मेदवारका प्रतिनिधीलाई परिचय पत्रमा २ जनाको नाम राखि आलोपालो गर्नु परेको थियो।