काठमाडौंको भोटेबहालमा अहिले केहीबेर अघि बम विस्फोट भएको छ ।
एक बालकसहित बम विस्फोटबाट ३ जना बालबालिका घाइते भएका छन् । आठ वर्षीय बालक समिन खड्गीको अवस्था चिन्ताजनक छ। उनको एउटा हात नै बमले उछिट्टिएको छ।
घटनामा घाइते बालबालिकाको वीर अस्पतालमा उपचार भइरहेको छ।