निर्वाचन वहिष्कारमा लागेको नेकपा–माओवादीका एक नगर इन्चार्जलाई सरकारले गएराती पक्राउ गरेको छ ।
निर्वाचन बिथोल्न खोज्नेहरुलाई तत्काल पक्राउ गर्ने, नजरबन्दमा राख्ने लगायतका विशेष सुरक्षा रणनीति अपनाएको सरकारले निर्वाचन बिथोल्न खोजेको भन्दै काभ्रेको बनेपाबाट नेकपा–माओवादी नगर इन्चार्ज सौरभ कायस्थलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीस्रोतका अनुसार पक्राउ परेका कायस्थलाई निर्वाचनपछि छाडिने बताए । यसैबीच सरकारले नेकपा–माओवादीका नेता तथा कार्यकर्ता कडा निगरानीमा रहेको बताएको छ ।