सिरहा निर्वाचन क्षेत्र नं ५ अन्तर्गत एकीकृत नेकपा (माओवादी)को गोलबजारस्थित क्षेत्रीय सम्पर्क कार्यालयमा अहिले बिहान सकेट बम भेटिएको छ ।
गोलबजारस्थित गोलपार्कदेखि पूर्वतिर रहेको कार्यालयको मूलगेट नजिकै सकेट बम भेटिएपछि चोहर्वास्थित नयाँ श्रीनाथ गणबाट आएको बम डिस्पोजल टोलीले बम लिएर गएको क्षेत्रीय इन्चार्ज कृष्णकुमार लामाले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार बिहान ५ बजेतिर सडकको सुरक्षार्थ खटिएका प्रहरीलाई देखेर एक जना अपरिचित व्यक्ति कार्यालय हुँदै उत्तरतिर भागेको देखेपछि शङ्का लागेर कार्यालयमा हेर्दा बम भेटिएको हो ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार रहेको क्षेत्र नं ५ को मुक्सार र जमदहको दुई ठाउँमा कात्तिक ८ गते सकेट बम भेटिएको थियो भने एक हप्ता पहिले गोलबजारकै गोलपार्कमा शक्तिशाली प्रेसरकुकर बम भेटिएको थियो । रासस
प्रकाशित मिति: 2013-11-17 11:18:00