मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ठूला तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी केन्द्रले एकलौटी रुपमा लोकमानसिंह कार्कीविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएको आरोप लगाएका छन्।
कैलालीको धनगढीमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो आरोप लगाएका हुन्। अध्यक्ष गच्छदारले अरु पार्टीहरूसँग सल्लाह नै नगरी महाअभियोग प्रस्ताव दर्ता गराएकोप्रति स्वयम् माओवादीका केही नेतासमेत रुष्ट रहेको बताए।