सोसल साइन्स बहाःमाथि र एलाइन्स फर सोसल डाइलगमाथि कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश ओमप्रकाश मिश्र र हरिकृष्ण कार्कीको इजलासले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरलाई आदेश दिएको हो।
स्वायत्त संस्थाले आफ्नो नियमित कामकारबाही गर्दा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिन नपर्ने भन्दै सर्वोच्चले कारबाही नगर्न आदेश दिएको हो। जिल्ला प्रशासन कार्यालय ललितपुरले डाइलगको कोषबाट रकम खर्चिनुपूर्व आफ्नो स्वीकृति लिनुपर्ने भन्दै कारबाहीको पत्र काटेको थियो।