नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनले उच्च माध्यमिक विद्यालय तहमा अनुदान कोटामा कार्यरत शिक्षकलाई दरबन्दीको व्यवस्था गर्नुपर्ने माग गरेको छ।
युनियनको हालै सम्मपन्न महाधिवेशनले उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको विगत २४ बर्ष देखिको योगदान खेर गएको भन्दै उच्च माविका शिक्षकलाई गरिएको ‘विभेदपूर्ण अन्याय’को अन्त्य गर्न माग गरेको हो।
युनियनले दरबन्दी एवं अनुदान कोटामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाको आधारमा स्थायी गरिनुपर्ने, उच्चमाविमा अध्यापनरत शिक्षकहरूको अलिेख प्रमाणीकरण गरी अवकास हुन चाहनेलाई गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्नुपर्ने, शिक्षा ऐन २०२८ को आठौ संसोधनमा उच्च माध्यमिक तह भनी कक्षा ११ र १२ लाई राखिएकोमा त्यसलाई पूर्ववत उच्च मावि नै राखिनुपर्ने लगायत माग गरेको छ।
प्रल्हादराज गौतम, महासचिव नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनले सबै उच्च मावि तहमा कार्यरत शिक्षकलाई अनिवार्य रुपमा मावि द्वितीय श्रेणीको सुविधा कायम गर्नुपर्ने माग पनि गरेको छ।