काभ्रेको गोठपानीको सुँगुरेमा एउटा गुडिरहेको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार भएको छ । कोशीपारि क्षेत्रमा पर्ने अहिले केहिबेर अघि अज्ञात समूहले गोठपानी गाविसको सुँगुरेमा बा २ प १४८७ नम्बरको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार गरेको स्थानीयबासीले बताएका छन् । बम प्रहारबाट बसको पछाडिको भाग पुरै जलेको छ । घटनामा भएको मानवीय क्षतिबारे थाहा भएको छैन । प्रहरी घटनास्थलतर्फ जाँदै ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ