महेन्द्र राजमार्गको पथलैयादेखि साढे दुई किलोमिटर पूर्व जंगलमा बिहीबार दिउँसो बा३ख ५६५७ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरिएको छ।
घटनास्थलमै रहेका सेतोपाटी संवाददाताका अनुसार प्रहरी स्कर्टिङको गाडीमध्ये सबैभन्दा पछाडि रहेको ट्रकमा पेट्रोल बम प्रहार भएपछि उक्त सवारी साधन अनियन्त्रित भई जंगलतर्फ मोडिएको थियो। उक्त ट्रकमा ड्राइभर, खलासी र ट्रकका साहुजी निजगढका हरि प्रसाईं थिए।
ड्राइभरकै झ्यालपट्टिबाट पेट्रोल बम प्रहार गरिएकाले ट्रकका ड्राइभर राजु क्षेत्रीको अवस्था चिन्ताजनक रहेको र उनको नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रसाईं परिवारले जानकारी दिएको छ। साहुजी प्रसाईं र चौधरी थरका खलासीको उपचार पनि नारायणी क्षेत्रीय अस्पतालमै भइरहेको छ।
उक्त ट्रक बाराको जितपुरमा धान पुर्याएर निजगढ फर्कदै थियो।
दमकल र सेना आएर आगो निभाएपछि मात्र पुलीस आएर जंगल सर्च थालेका थिए।