महोत्तरीको छुट्टाछुट्टै दुई स्थानमा गएराति दुई महिलाको शव फेला परेको छ। दुबै स्थानमा बरामद भएको शवको पहिचान हुन सकेको छैन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार खुट्टा पिपराढी ९ मा नाम, थर खुल्न नसकेको अन्दाजी ७० वर्षीया वृद्धाको र औरही –३ स्थित जगाहा खोला किनारामा अन्दाजी ३० वर्षीय महिलाको शव फेला परेको हो।
वृद्धाको शव खेतमा सडेगलेको अवस्थामा र महिलाको खोला किनारामा शव फेला परेको प्रहरीले जनाएको छ। दुबै स्थानमा बरामद भएको शवबारे आवश्यक अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए।
शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ।