पाकिस्तानविरूद्ध ‘सर्जिकल अपरेशन’ गरेको भारतले सम्भावित युद्धका कारण पाकिस्तानसँग जोडिएको राज्यका एक हजार गाउँलाई त्यहाँबाट सारेका छ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार गुजराजदेखि जम्मु–कश्मीरसम्म फैलिएको पाकिस्तानी सीमा क्षेत्रसँग टाँसिएको गाउँलाई बिहीबारसम्म खाली गराइएको छ। भारतीय सरकारले आफ्नो सेनालाई ‘सर्जिकल अपरेशन’ का लागि स्वीकृति दिएपछि पाकिस्तानबाट हुनसक्ने प्रत्याक्रमणलाई ध्यानमा राख्दै गोप्य रुपमा गाउँलाई सार्ने काम भएको बताइएको छ।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले पाकिस्तानविरूद्ध आक्रमण गरे आफूले पनि परमाणु हमला गर्ने चेतावनी दिएका थिए।