नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दलीय सहमतिबिना संविधान संशोधन सम्भव नरहेको बताएका छन्। नेकपा एमाले दाङको १२ औं जिल्ला अधिवेशन उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार वरिष्ठ नेता नेपालले नेपालले संविधान संशोधनपूर्व दलीय सहमति आवश्यक रहेको बताए।
तर, उनले आफुखुसी संविधान संशोधनको प्रयास गरिए त्यो एमालेका लागि स्वीकार्य नहुने बताए। नेपालले दलहरूबीच व्यापक छलफल नै नगरी संविधान संशोधन हुनै नसक्ने बताए।
वर्तमान सरकारले केही मधेसवादी दलहरूको माग पूरा गराई सत्ता लम्ब्याउने प्रयासमा लागे त्यो मुलुकका लागि दुभाग्र्य सावित हुने उनको भनाइ थियो। त्यस्तो बेला एमाले प्रतिकारमा उत्रन बाध्य हुने उनको धारणा थियो।
तर राष्ट्रिय सहमतिका साथ मुलुकको राजनीतिक निकासका लागि भने एमाले बाधक नहुने उनले बताए।