एमाओवादीको चुनावी आमसभालाई लक्षित गरी ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बम प्रहार भएको छ ।
एमाओवादी ताप्लेजुङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सञ्चपाल मादेनले सभालाई सम्बोधन गरिरहँदा अज्ञात समूहले बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बम प्रहार पछि सभामा सहभागिहरुबीच भागदौड मच्चिएपनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । बम प्रहार लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । यसअघि उम्मेदवार मादेनमाथि गत कात्तिक ८मा पनि आक्रमणको प्रयास भएको थियो ।