नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्तालका कारण उदयपुरको जनजीवन पनि बिहानै देखि प्रभावित भएको छ ।
यसैबीच सदरमुकाम गाईघाटमा आज बिहान ७ मिनेटको अन्तरमा ४ वटा वम बिस्फोट भएको छ । बिहान ४ बजेतिर सदरमुकाम गाईघाटलाई लक्षित गरी चारै दिशामा बम बिष्फोटन भएको प्रहरीले जनाएको छ ।
नयाँ बसर्पाक आसपासको क्षेत्र, पुरानो गाईघाट र गाईघाट बजारको उत्तर र पश्चिम तर्फ बम विस्फोट भएको हो । मोर्चाले आह्वान गरेको बन्दका कारण सदरमुकाम लगायत जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु ठप्प छन् ।
सुरक्षाका लागि नेपाली सेना, जनपथ, सशस्त्र र म्यादी प्रहरी सदरमुकामको गाईघाट बजारमा ठुलो संख्यामा परिचालन गरिएको छ ।