आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा हाल नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका फिल्ड सपोर्टका प्रमुख तथा उपमहासचिव अतुल खारेबीच शिष्टाचार भेट भएको छ।
भेटका अवसरमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघबीच रहिआएको सम्बन्ध तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालको योगदान लगायतका विषयमा छलफल भयो।
उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका सचिवभूपेन्द्रप्रसाद पौड्याल तथा अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।