नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले स्थानीय निकायको पुर्नसंरचनाका लागि गठित आयोगले जनताको अधिकार र सेवा सुविधा प्रत्याभूति गर्ने आधारमा संख्या निर्धारण नगरेको बताए।
संसदमा विशेष समय माग गर्दै खड्काले राजनीतिक विषयलाई राजनीतिक तहमा सही ढंगले संविधानको भावना अनुसार समाधान गर्नुपर्ने बताए।
यदि यस्तो गर्न नसके नयाँ संविधानको व्यवस्था अनुसार कुनै पनि तहको निर्वाचन हुन नसक्ने उनको दाबी थियो।
संविधानको स्वामित्व संविधान निर्माणमा सहभागी राजनीतिक दलले लिदै यसमा देखिएका कमिकमजोरी सुधार गर्दै जाने विषयमा सबै गम्भीर हुन उनले सबै दललाई आग्रह गरे।
भूगोल र जनंख्याका आधारमा हाल कायम रहेको ९२७ इलाकाकै हाराहारीमा स्थानीय निकायको संख्या र सीमा बनाउन सकिने उनले बताए।
अन्यथा यो विषय जनताको आवश्यकताका आधारमा बनाउन माग गरे।