ब्राजिलका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार पोखरेललाई राजदूतमा नियुक्त गरेकी हुन्।
२०४५ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका पोखरेलले यसअघि थाइल्याण्ड, भारत र क्यानडास्थित नेपाली राजदूतावासमा काम गरेको छन्। उनले अमेरिकाको जर्ज वासिङटन युनिभर्सिर्टी, स्कुल अफ इन्टरनेशनल अफेयर्सबाट मास्टर्स गरेका छन्।
२०६९ मा सहसचिव बनेका पोखरेलले मन्त्रालयको युरोप अमेरिका डिभिजनको प्रमुख भएर काम गरेका छन्। केही समयअघिसम्म उनी मन्त्रालयको संयुक्त राष्ट्र संघ महाशाखामा थिए। उनी दुई महिना अगाडिसम्म मन्त्रालयको प्रवक्ता समेत रहेका थिए।