संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधनको विषयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल सुरु गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशवादी र आदिवासी जनजाति सम्बद्ध दलका माग सम्बोधन हुने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा लाने सार्वजनिक अभिव्यक्ति दिएपछि मोर्चा आन्तरिक छलफलमा जुटेको हो।
मोर्चाका शीर्ष नेताहरुको बुधबार अपरान्ह तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकमा संविधान संशोधनका क्रममा कुन विषयलाई कसरी उठाउने भन्ने सम्बन्धमा छलफल भएको छ। छलफल निष्कर्षमा भने पुगिसकेको तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए।
मोर्चा तथा नेपाली कांग्रेस र नकेपा माओवादी केन्द्रबीच सरकार गठन पहिले नै संविधान संशोधनको सहमति भएको थियो । तर, संशोधनमा के के समावेश गर्ने भन्ने बारेमा भने दलहरुबीच छलफल नै भएको छैन।
बैठकमा मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद् घोषणा गरिएको र आन्दोलनमा भएको ज्यादत्ती छानविनका लागि न्यायिक आयोग गठन गरिएको सम्बन्धमा मोर्चाको सचिवालयले पेश गरेको प्रतिवेदनमाथि पनि छलफल भएको थियो।