एकीकृत नेकपा माओवादीका दुई उम्मेद्वारले चुनावी प्रचारमा प्रयोग गरेका गाडीलाई अज्ञात समूहले आगो लगाइदिएका छन् ।
मोरङ क्षेत्र नम्बर ८ का उम्मेदवार गोपी अछामीले चुनावीले चुनाव प्रचारका लागि प्रयोग गरेको को १ च ६२७० नम्बरको गाडी गएराती विराटचोकमा आगजनी गरेको एमाओवादी मोरङले जनाएको छ ।
यसै गरी सुनसरी क्षेत्र नम्बर २ की एमाओवादीकै अर्का उम्मेदवार रामकुमारी चौधरीको को १ च ५८५४ नम्बरको गाडी पनि इटहरीमा अज्ञात समूहले आगजनी गरेको बताइएको छ । आगजनीबाट गाडीमा क्षति पुगेको छ भने आगो लगाउनेको खोजी भइहरेको प्रहरीले जनाएको छ ।