हिन्दु गणतन्त्रलाई एजेन्डा मानेर राप्रपा नेपालसँग एकता हुन लागेको भन्ने राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाको भनाइप्रति राप्रपा नेपालले आपत्ति जनाएको छ।
राप्रपाका केन्द्रीय सह–प्रवक्ता मोहन श्रेष्ठले हिन्दु गणतन्त्र आफूहरूलाई कुनै पनि हालतमा स्वीकार हुनै नसक्ने भन्दै राणाको भनाइ खण्डन गरेका हुन्।
‘राप्रपासँग पार्टी एकताको प्रयास पनि भएको हैन र हिन्दु गणतन्त्रलाई एजेन्डा मान्ने हाम्रो पार्टीको नीति नै छैन,’ श्रेष्ठले भने, ‘राजासहितको प्रजातन्त्र नै राप्रपा नेपालको एजेन्डा हो।’
यसैगरी राप्रपा नेपालका सभासद गणेश थापाले पनि पशुपति शमशेर जवराको भनाइ प्रति आफ्नो कडा ध्यानाकर्षण भएको बताएका छन्। उनले राप्रपा नेपाल आफ्नो पार्टी र सिद्धान्त विपरित नचल्ने बताए। हिन्दु धर्मका बारेमा विभिन्न संझौता गरेर राप्रपासँग पार्टी एकता हुन नसक्ने उनको भनाइ छ ।