नेकपा एमालेका नेता माधवकुमार नेपालले दलहरूबीच राष्ट्रिय सहमतिको खाँचो आवश्यक रहेको बताएका छन्।
एमाले नेता नेपालले बिहीबार काठमाडौंमा बक्सिङ प्रतियोगिताको उद्घाटनका क्रममा स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गरेर संक्रमणकाल पार लगाउन दलहरूबीच एकता अनिवार्य रहेको बताए। उनले दलहरूबीच आपसी विश्वास, सहमति र सहकार्य हुन नसके मुलुक थप अप्ठेरो अवस्थामा जान सक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए।
राष्ट्रिय बक्सिङ संघको आयोजनामा बिहीबार सुरू भएको उपत्यकास्तरीय प्रथम अन्तर क्लब खुला बक्सिङ प्रतियोगीता पाँच दिनसम्म चल्ने छ।