सरोकारपक्षको दबाबपछि उपत्यकाका निजी विद्यालयले प्रवेश फारम र परिक्षाका नाममा लिएको चर्को शुल्क फिर्ता गरेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकाविपरीत फारम र प्रवेश परिक्षा चर्को शुल्क लिएका आधा दर्जन विद्यालयले लिएको रकम फिर्ता गरेको आजको नयाँपत्रिकामा खबर छ ।
ललितपुरको लामाटारस्थित शुभतारा स्कुल प्यारागन पाठशाला मेरीडियन इन्टरनेशनल ड्फोडिल तथा आर्मी र पुलीसका स्कुलले प्रवेश परिक्षामा लिएका बढि शुल्क फिर्ता गरेका हुन् । रातो बंगालालगायतका केहि विद्यायलयले भने रकम फिर्ता गर्न अटेरी गरेका छन् ।