१६ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीले सोमबार अनसन तोड्ने भएका छन्।
चिकित्सा शिक्षा ऐन संशोधनमा सरकारसँग सहमति भएपछि केसीले अनसन तोड्ने भएका हुन्। सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी केसीले जुस पिउने कार्यक्रम छ।
चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग्दै केसी असार २६ गते अनसनमा बसेका थिए। कार्कीलाई महाअभियोग लगाउनेबारे संसदमा विषय प्रवेश गरिसकेको छ।