वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा भएको प्रदर्शनमा सर्वसाधारणसहित लब्धप्रतिष्ठित व्यक्तिको पनि सहभागिता रह्यो।
पूर्व प्रशासक, कलाकार, डाक्टरलगायत सामाजिक क्षेत्रका व्यक्तिहरू जुलुशमा सहभागी भएर डा. केसीको समर्थनमा ऐक्यवद्धता जनाए। चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै वरिष्ठ चिकित्सक केसी १४ दिनदेखि अनसनरत् छन्।
उनको माग पूरा गराउन सरकारले ढिला गरेको र उनको स्वास्थ्य दिनप्रतिदिन संकटमा परेको अवस्था मध्यनजर गर्दै केसीको जीवन रक्षाका लागि दबाबमुलक कार्यक्रम गरिएको थियो। दबाबमुलक जुलुशमा को को आएका थिए? तस्बिरमा हेर्नुहोस्।
पूर्वमुख्यसचिव लीलामणि पौडेल।
पूर्व निर्वाचन प्रमुख आयुक्त भोजराज पोखरेल लगायत।
अभिनेता तथा निर्माता रबिन्द्र बानियाँले निःशुल्क पानी वितरण गरिरहेका थिए।
युवाहरू।
पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री।
डा. अरुणा उप्रेती।
कलाकार खगेन्द्र लामिछाने।
पूर्व मिसनेपाल सुगरिका केसी।
सक्रिय ट्वीटर प्रयोगकर्ताहरू।
प्राध्यापक सूर्यराज आचार्य।
गायक अमृत गुरुङ।
सर्वसाधाण नागरिक।
प्राध्यापक अभि सुवेदीसँग कुराकानी गर्दै किशोरी।
कलाकार तथा निर्देशक अनुप बराल र दिया मास्के।