आयुक्तहरुलाई त थाहा छैन सबै दलको नाम र चिन्ह, भोटरलाई के होला?

  • Get News Alerts

१२२ दलका लागि दैनिक पत्रिकाको एकपेज जत्रो मतपत्र
आसन्न संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ १२२ वटा राजनीतिक दलहरुले ११ हजार ३ जना उम्मेदवारहरुको बन्दसूचि पेश गरेका छन्। त्यसैगरि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६ हजार एक सय २८ जना दलका र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचनमा भाग लिदैछन्।
 
निर्वाचन आयोगलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ १२२ दलका लागि त्यति नै संख्यामा चुनाव चिन्ह अट्ने झण्डै एउटा राष्ट्रिय दैनिक पत्रिकाको एक पेज भन्दा ठूलो आकारको मतपत्र छाप्नुपरेको छ।
 
नेपाल जस्तो मुलुक जहाँ अघिल्लो संविधानसभाको निर्वाचनमा ५४ वटा दलले मात्र भाग लिदाँ पनि ५ प्रतिशत भन्दा बढी प्रत्यक्षतर्फ र करिब ४ प्रतिशत समानुपातिकतर्फ मत बदर भएको थियो भने आसन्न निर्वाचनमा त्यति धेरै दल सम्मीलित मतपत्रमा आफूले चाहेको दलको चिन्ह पहिल्याएर मतदान गर्न र त्यसलाई सुरक्षित ढंगले पट्याएर मतपेटिकामा खसाल्न कति असहज होला? प्रश्न गम्भीर छ। 
 
मतदाताको त कुरै छाडौ स्वयम् प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई समेत निर्वाचनमा भाग लिने सबै दलहरुको नाम र तिनको निर्वाचन चिन्ह के के हो भन्ने प्रश्नको जवाफ सजिलै आउदैन। 
 
संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडीपी र युरोपियन युनियनका सदस्य राष्ट्रहरुको संयुक्त सहयोगमा स्थापित अत्याधुनिक सुविधा सम्पन्न मिडिया सेन्टरको सोमवार एक विशेष कार्यक्रम गरी उद्घाटन गरे पश्चात पत्रकारसँगको पहिलो साक्षातकार कार्यक्रममा उप्रेतीले यस्तो संकेत गरे। 
 
एक सय बाइस दलको चुनाव चिन्ह समाविष्ठ गरिएको नमुना मतपत्र देखाउदै उनले भने, 'समानुपातिक तर्फको मतपत्र दैनिक पत्रिकाको एक पेज जत्रै हुन्छ'। तपाईलाई चुनावमा भागलिने सबै दलहरुको नाम र तिनीहरुको चुनाव चिन्ह सोध्यो भने आउँछ भनि प्रश्न गर्दा उनले जवाफमा भने, 'सबै दलहरुको नाम र तिनीहरुको चिन्ह किन चाहियो? तपाईले जुन दल र त्यसको उम्मेदवारलाई मत दिने हो उसैको नाम र चिन्ह मात्र थाहा भए भईहाल्यो नि'। उपस्थित पत्रकार र निर्वाचन आयोगका कर्मचारीमा हाँसोले हल गुन्जियो। 
 
केही समय पहिले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल अमेरिका भ्रमणमा जाँदा संयुक्त राष्ट संघका महासचिव वान कि मुनले पनि खनाल सँग यस्तै प्रश्न गरेको एमाले पार्टी स्रोतले बतायो। भेटका क्रममा महासचिव वान कि मुनले कति दल छन् भनि सोधे। जवाफमा खनालले करिब १४० दलले आयोगमा नाम दर्ता गराएको बताएपछि के तपाईलाई त्यी सबै दलको नाम आउछ? भनी सोधेका थिए।
 
प्रतिउत्तरमा आउदैन भनेपछि महासचिव मुनले यसको अर्थ यो त अलि भिडतन्त्र जस्तै भयो हगि भन्दै व्यवस्थापनमा पनि समस्या हुनसक्ने धारण राखेको एमाले स्रोतले बताएको छ। 
 
यसैबिच पत्रकारसँगको अर्न्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले आयोगले आसन्न निर्वाचनको तयारी तिब्रगतिले अगाडि बढीरहेको बताउदै, निर्वाचन सम्पन्न गर्न आवश्यक ४ लाख २५ हजार कर्मचारी र सुरक्षाकर्मीसहितको जहाज उडीसकेको र सो जहाज निर्धारित मितिमा निर्वाचन सफलताकासाथ सम्पन्न गरी अवतरण गर्ने बताए। 
 
नेकपा माओवादीलगायतका विभिन्न दल र निर्वाचन विरोधी समूहले दिन प्रतिदिन देशका विभिन्न ठाउँ र राजधानीमा समेत राजनीतिक दलका नेता, उम्मेदवार र निर्वाचनमा खटिएका कर्मचारीप्रति लक्षित गरी गरेका सांघातिक आक्रमण, लुटपाट आगजनी र विरोधले निर्वाचन सुरक्षामा पारेको असर बारे जिज्ञासा राख्दा उप्रेतीले भने, 'निर्वाचन आयोग र सुरक्षाकर्मीहरु निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न प्रतिबद्ध छन्। र दलका नेता तथा उम्मेदवारहरुले पनि निर्वाचन प्रचार प्रसारमा हिड्दा, सवारी साधन पार्किङ गर्दा अलिकति सजगता र सतर्कता अपनाउन पर्यो नि।’ 
 
निर्वाचन विथोल्ने प्रणका साथ वैद्य नेतृत्वको माओवादी लगायतको ३३ दलिय मोर्चाले आव्हान गरेको नेपाल बन्द घोषणा र त्यसले पार्नसक्ने असरबारे प्रमुख आयुक्त उप्रेतीले भने, निर्वाचनको समय सवारी साधन नचल्ने हुँदा प्रायः बन्द जस्तै वातावरणमा हुने भएकोले कसैले गरेको बन्दले निर्वाचनमा असर पर्दैन। निर्वाचनको जहाज ढुक्कसँग अवतरण गर्छ। 

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • अबको सरकारले अहिलेको बाटोबाट दायाँबायाँ गर्न सक्दैन – प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले निर्धारण गरेको बाटो हिँड्न अब बन्ने नयाँ सरकार बाध्य हुने बताएका छन्। एभिन्यूज टेलिभिजनको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने – “अहिलेको भन्दा बाटो दायाँबायाँ ग¥यो कि जनताले थाहा पाइहाल्छन् ।” उनले आफ्नो कार्यकालमा मुर्छित सपनाहरुलाई ब्यूँझ्याउने काम भएको पनि टिप्पणी गरे।

  • बिरामी भन्दै संसद छलेका लोकमान टिभीको कार्यक्रममा सहभागी

    बिरामी भन्दै संसद छलेका लोकमान टिभीको कार्यक्रममा सहभागी ‘घाँटीमा संक्रमण भएर’ ‘बोल्न नमिल्ने’ भन्दै व्यवस्थापिका संसदको सुशासन समिति छलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की शनिबार सार्वजनिक कार्यक्रममा देखापरेका छन्। उनलाई छलफलका लागि सुशासन समितिले गत मंगलबार बोलाएको थियो। उनले ‘घाँटीमा संक्रमण’ भएर बोल्न नमिल्ने अवस्थामा आफू रहेको खबर समितिलाई पठाएका थिए। साथै, उनले एन्टिबायोटिक खाइरहेको र डाक्टरले सात दिन आराम गर्नु भनेकाले समितिले त्यसपछि बोलाए उपस्थित हुने जानकारी पठाएका थिए।

  • दाहाललाई ओलीले सोधे– कांग्रेस पनि सहमतीय सरकारको पक्षमा उभिएको हो

    दाहाललाई ओलीले सोधे– कांग्रेस पनि सहमतीय सरकारको पक्षमा उभिएको हो प्रधानमन्त्रीले तपाईंलाई समर्थन गर्ने दल नेपाली कांग्रेसको राष्ट्रिय सहमतिको सरकार गठनबारे दृष्टिकोण के हो भनी प्रश्न गर्दै अध्यक्ष दाहाललाई भने– के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको गठनको पक्षमा उभिएको हो?

  • एमाले–माओवादी एकता हुन्छ : बामदेव गौतम

    एमाले–माओवादी एकता हुन्छ : बामदेव गौतम नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले सत्ता गठबन्धनलाई लिएर पानी बाराबारको अवस्थामा पुगेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरण हुने दाबी गरेका छन्। नेकपा एमालेका संस्थापक नेता स्व. पुष्पलालको ३८ औं स्मृति दिवसको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले नेपालका कम्पयुनिष्ट पार्टीबीच एकता सम्भव रहेको भन्दै नेकपा माओवादी केन्द्रसँग एकीकरण हुने जिकिर गरेका हुन्।

  • एमाले र माओवादी केन्द्रका नेताबीच वार्ता

    एमाले र माओवादी केन्द्रका नेताबीच वार्ता दाहालले आफ्नो नेतृत्वमा सरकार बन्न लागेको र राष्ट्रपतिले सहमतीय सरकार बनाउनका लागि आह्वान गरेकाले सहमतीय सरकारका लागि सहयोग गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। ‘हामीले तपाईँहरूको सहयात्री दल कांग्रेसले बहुमतीय सरकार बनाउने भनेको छ, अनि कसरी हामी सहभागी हुने? भनेर सोध्यौं’ भेटमा सहभागी एमाले नेता भीम रावलले सेतोपाटीसँग भने ‘उहाँहरूले त्यो त तैपनि कांग्रेसले तपाईँहरू पहल गर्नुस् भनेकाले आएका हौं भन्ने जवाफ दिनुभयो।’

wlink

लोकप्रिय

त्रिवि भन्सार कार्यालय

सूचनापाटी