कृषिमन्त्री हरिबोल गजुरेलले असार १५ गते धान दिवसको दिन गमलामा धान रोपेर हास्यस्पद कार्य गरेको सभासदहरूले आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सांसद रामकृष्ण यादवले संसदको विशेष समयमा बोल्दै राष्ट्रिय धान दिवसको दिन खेतमा जान नसकेर गमलामा धान रोपेको हो भनि प्रश्न गरेका थिए।
‘नेपाल कृषिप्रधान देश भए पनि अहिले किसानहरू मौसमको प्रतिकुलतासाथै मल विउको अभावमा परेको अवस्थामा कृषि मन्त्रीले गमलामा धान रोपेर जनतालाई के सन्देश दिन चाहेको हो त्यसको स्पष्टिकरण चाहियो,’ उनले भने।
असार १५ गते एक कार्यक्रममा कृषिमन्त्री हरिबोल गजुरेलले कार्यक्रमस्थलको मन्चमा गलैंचामाथि गमलामा धान रोपेको फोटो सार्वजनिक भएपछि सामाजिक संजालमा व्यापक आलोचना भएको थियो।