शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. गोविन्द केसी। तस्बिरः भरतबन्धु थापा/सेतोपाटी
मेडिकल माफियाकरणविरुद्ध निरन्तर संघर्ष गरिरहेका डा. गोविन्द केसीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने भन्दै सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन्।
असार २६ गते अनसन सुरू गर्ने जानकार दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा केसीले भने,‘ आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शूल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरूद्ध पारेका, भ्रष्ट्रहरूलाई संरक्षण दिएका र अरू जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदुअआका प्रमुख लोकमानसिंह कार्की माथि तत्काल संसदले महाअभियोग को प्रक्रिया अघि बढाओस र सम्बन्धीत आयुक्तलाई पनि कारबाही गरियोस्।’
चार बुँदे माग राखेर आन्दोलन गर्न लागेका केसीले यी माग पुरा नगरे आफू असार २६ बाट आमरण अनसनमा बस्ने बताएका छन्।